घाँस काट्न जाँदा लडेर मृत्यु

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा घास काट्न जाँदा लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्युहुनेमा गोलन्जोर गाउँपालिका–२ का अन्दाजी २२ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार घरबाट घाँस काट्न भनी हिँडेकी सरिता अन्दाजी एक किलोमिटर टाढाको झगरे छाँगाभिर पाखामा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?