काठमाडौं । विश्व समुदाय कोरोना महामारीसँग लडिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन विरुद्ध खनिएका छन् । राष्ट्रपति ट्रम्पले चीनको चर्को विरोध गर्दै उसँगको सम्बन्ध तोड्ने धम्की समेत दिएका छन् ।
राष्ट्रपति ट्रम्प कोरोना महामारी र द्धिपक्षीय व्यापरिक सम्बन्धको विषयलाई लिएर चीनविरुद्ध खनिएका हुन् ।
कोरोनाले विश्वलाइ आतंकित बनाइरहेको बेला चीन र अमेरिका एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् । यसैबीच अमेरिकाले चीनलाई कोरोना महामारीको प्रारम्भिक सूचना लुकाएको आरोप लगाउँदै आएको र कोरोना भाइरस महामारीले निम्त्याएको क्षतिपूर्ति दिन चीनलाई लगातार दबाब दिँदै आइरहेको छ । तर चीनले अमेरिकाको यो आरोपको खण्डन गर्दै आएको छ । राष्ट्रपति ट्रम्पको चीन विरोधी अभिव्यक्तिलाई धेरै मानिसहरुले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन जित्ने रणनीतिका रुपमा लिने गरेका छन् ।
‘यस्तै हो भने हामी धेरै गर्न सक्छौ, चीनसँगको सबै सम्बन्धहरु अन्त्य गर्न सक्छौं ।’ राष्ट्रपति ट्रम्पले फक्स विजनेससँगको एक अन्तरवार्ताका क्रममा ट्रम्पले आफैंसँग प्रश्न गर्दै भने, ‘यदि त्यसो भइहाल्यो भने के हुन्छ ? र उनले जवाफ दिए, ‘यदि चीनसँग सबै सम्बन्धहरु तोड्नुभयो भने ५ सय अर्ब डलर बचाउन सक्नुहुन्छ ।’ राष्ट्रपति ट्रम्पले अन्तरवार्तामा चीनविरुद्ध चर्को आक्रोश पोख्दै भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया