काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ३ लाख ७ स ८३ जनाको ज्यान गएको छ । भने ४४ लाख ८८ हजार १ सय ८५ जना मानिस कोरोना संक्रमणको शिकार भएको छ । हालसम्म कोरोना उपचारपछि १६ लाख ८८ हजार ७ सय ६५ जना निको भएर घर फर्किएका छन् । भने ४५ हजार ८ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यसो त संयुक्त राज्य अमेरिका पनि कोरोना भाइरस (कोभिड १९ ) महामारीसँग जुधिरहेको छ । त्यहा १४ लाख ३८ हजार ४ सय २६ जना कोरोना संक्रमित भएका छन् । वल्डोमिटरका अनुसार यो समाचार तयार पार्दासम्म कोरोनाको कारण अमेरिकामा ८५ हजार ६ सय ९९ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार ६ सय ९३ जना उपचारपछि निको भई घर फर्किएका छन् ।
साथै १० लाख ४१ हजार ३४ जना अझै उपचाररत रहका छन् । बितेको २४ घण्टामामात्र त्यहा ९ हजार ३ सय १ जना संक्रमित थपिएका छन् भने ५ सय २ जनाको मृत्यु भएको छ । अझै संक्रमितमध्ये १६ हजार ३ सय ३७ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटरको तथ्याङ्कले देखाउछ । अमेरिकाको न्यूयोर्क राज्यमामात्र ३ लाख ५० हजार बढी संक्रमित देखिएका छन् । भने २७ हजार २ सय ९० जनाको मृत्यु भएको छ । यसैगरी न्यूजर्सी राज्यमा १ लाख ४२ हजार ८ सय ६१ जना कोरोना संक्रमित भएका छन् । यस्तो छ अमेरिकाको विभिन्न राज्यमा कोरोना संक्रमणको अवस्था ।
त्यस्तै रसियामा कोरोना भाइरस (कोभिड १९) को कारण संक्रमित हुनेको संख्या दिनदिनै बढीरहेको छ । त्यहा २ लाख ५२ हजार २ सय ४५ जना संक्रमित देखिएका छन् भने २ हजार ३ सय ५ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । कुल संक्रमितमध्ये ५३ हजार ५ सय ३० जना उपचारपछि निको भएका छन् भने १ लाख ९६ हजार ४ सय १० जना अझै उपचाररत रहेको वोल्डोमिटरको तथ्याङ्कले देखाउछ । उपचाररतमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भिर रहको छ । रसियामा बितको २४ घण्टामा मात्र ९ हजार ९ सय ७४जना संक्रमित देखा परेका छन् भने ९३ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेलायतमा पनि कोरोनाको संक्रमण अझै रोकिएको छैन । त्यँहा २ लाख ३३ हजार १ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ भने ३३ हजार ६ सय १६ जनाको कारोनाको कारण मृत्यु भएको छ । वितेको २४ घण्टामामात्र बेलायतमा ३ हजार ४ सय ४६ जना नया संक्रमित देखिए भने ४ सय २८ जनाको मृत्यु भएको छ । त्यहा अझै १ लाख ९९ अजार १ सय ७३ जना उपचाररत रहेका छन् जसमा १ हजार ५ सय ५९ जनाको अवस्था गम्भिर रहेको छ । वेलायतमा २२ लाख १९ हजार २ सय ८१ जनामा परिक्षण गर्दा २ लाख ३३ हजार बढी संक्रमित देखिएका हुन् ।
यसैगरी भारतपनि कोरोना भाइरस (कोभिड – १९ ) को बढ्दो संक्रमणको कारण देशभर लकडाउनको अवस्थामा छ । यो समाचार तयार पार्दासम् मभारतमा १ हजार ९ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । भने २ हजार ६ सय ४९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको वल्डोमिटरको तथ्याङ्कले देखाउछ । त्यहा १९ लाख ४७ हजार ४१ जनामा कोरोना परिक्षण गरिएको छ । बितेको २४ घण्टामामात्र भारतमा ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । भने ३ हजार ९ सय ३५ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २७ हजार ९ सय ५६ जना उपचारपछि निको भएका छन् भने अहिलेपनि ५१ हजार ३ सय ८५ जना उपचाररत रहेका छन् ।
स्पेनमा बितेको २४ घण्टामा कोरोनाको कारण २ सय १७ जना मानिसको ज्यान गएको छ । हालसम्म २ लाख ७२ हजार ६ सय ४६ जनामा कोरोना संक्रमण फैलिएको अवस्थामा २७ हजार ३ सय २१ जनाको ज्यान गएको तथ्यांकले देखाएको छ । त्यस्तै १ लाख ८६ हजार ४ सय ८० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने १ हजार ३ सय ७६ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ३१ हजार ६ सय १४ जनाको ज्यान गइसकेको र २ लाख २३ हजार ९६ जनामा संक्रमण देखिएको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म इटालीमा ७६ हजार ४ सय ४० जनाको अवस्था गम्भीर रहेको छ । बितेको २४ घण्टामा मात्र त्यँहा कोरोनाको कारण २ सय ६२ जनाको ज्यान गएको र ९ सय ९२ जनामा संक्रमण फैलिएको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण १३ हजार ५ सय ५५ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ९६ हजार ३ सय ७५ जनामा कोरोना संक्रमण देखिएको र बितेको २४ घण्टामा मात्र ७ हजार २ सय बढी कोरोना संक्रमित थपिएका छन् । भने ३ सय ९७ जनाले बितेको २४ घण्टामा ज्यान गुमाएका छन् ।
पm्रान्समा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन । हालसम्म फ्रान्समा कोरोनाको कारण २७ हजार ७४ जनाको ज्यान गइसकेको छ भने १ लाख ७८ हजार ६० जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । यो समाचार तयार पार्दासम्म त्यहाँ ५८ हजार ६ सय ७३ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै जर्मनीमा बितेको २४ घण्टामा कोरोनाको कारण ७ हजार ८ सय ८४ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमित थपिँदा कुल कोरोना संक्रमित १ लाख ७४ हजार ४ सय ७८ पुगेका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण २३ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै टर्कीमा हालसम्म कोरोनाको कारण ४ हजार बढीको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र ५५ जना मानिसको मृत्यु भएको छ । भने हालसम्म १ लाख ४४ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण देखिँदा बितेको २४ घण्टामा मात्र १ हजार ३५ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै इरानमा यो समाचार तयार पार्दासम्म १ लाख १४ हजार ५सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म कोरोनाको कारण त्यहाँ ६ हजार ८ सय ५४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १ हजार ८ सय ८ जना मानिसका कोरोना संक्रमण देखिएको र ७१ जनाले ज्यान गुमाएका छन् ।
यो समाचार तयार पार्दासम्म नेपालमा २ सय ४९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै आजै मात्र नेपालमा ६ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया