विश्वको सबैभन्दा होचो व्यक्तिको कीर्तिमानी पुनः इडवार्ड हर्नान्डेजो पोल्टामा

काठमाडौं । कोलम्बियाका इडवार्ड निनो हर्नान्डेजले विश्वको सबैभन्दा होचो व्यक्तिको कीर्तिमानी पुनः कायम गरेका छन् । उनले २०१०मा पनि विश्वको सबैभन्दा होचो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका थिए । ३४ वर्षिया हर्नान्डेजको २०१० को कीर्तिमानी नेपालका खगेन्द्र थापा मगर र चन्द्रबहादुर डाँगीले तोडेका थिए ।

हर्नाण्डेजको उचाइ २ फुट ४.३९ इन्च रहेको छ । २०१० मा गिनिज बुकमा नाम लेखाएका हर्नाण्डेजको कीर्तिमानी नेपालका खगेन्द्र थापा मगरले तोडेका थिए । खगेन्द्रको उचाइ २ फिट २.४१ इन्च थियो । फेरी खगेन्द्रको कीर्तिमानी १ फुट ९.५ इन्च उचाइभएका नेपालकै चन्द्रबहादुर डाँगीले तोडेका थिए ।

तर, खगेन्द्र र चन्द्रबहादुर दुवैको मृत्यु भएपछि विश्वको सबैभन्दा होचो मानिसको कीर्तिमान पुनः हर्नाण्डेजले नै पाएका हुन् । राजधानी बोगोटास्थित मेडिकल क्लिनिकमा हर्नाण्डेजले विश्वको सबैभन्दा होचो मानिसको प्रमाणपत्र गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का प्रतिनिधिमार्फत् प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?