ब्युटिपार्लर सञ्चालन गर्थिन् धादिङकी कोरोना संक्रमित युवती

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

काठमाडौं दहचोक निवासी ७ वर्षिय बालकमा कोरोना संक्रमण देखिएसँगै काठमाडौंमा फेरी अर्को नयाँ ‘केस’ थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार जनकपुर धनुषा निवासी १७ वर्षिय महिलामा पनि कोरोना पुष्टि भएको छ ।

त्यस्तै धादिङका ३० वर्षिय महिलामा कोरोना पुष्टि भएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको हो ।

यसअघि आजै बिहान ३ नयाँ संक्रमित पुष्टि भएका थिए ।

ब्युटिपार्लर चलाउँथिन् धादिङकी संक्रमित युवती
आज थपिएका ६ जना संक्रमित मध्ये काठमाडौंसँग सीमा जोडिएको धादिङकी एक संक्रमित काठमाडौंको सतुंगलमा ब्युटिपार्लर गरेर बस्ने युवती रहेको बुझिएको छ । उनी धादिङकी भएको र पछिल्लो समय ब्युटिपार्लर गरेर बस्ने युवति भएको बुझिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले बतायो।

संक्रमणपश्चात् उनलाई काठमाडौंको सशस्त्र प्रहरीको अस्पतालमा राखिएको स्रोतले बताएको छ । यस विषयमा जानकारी लिन लोकपथले धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यलाई सम्पर्क गर्दा दुवैजनाले आफूहरुले यसबारेमा सुनेको तर यकिन नभइसकेको बताए ।

यसैबीच लोकपथले धादिङका सुरक्षा निकायसँग सम्पर्क गर्दा संक्रमित युवती थाक्रे वा धुनिबेशी भन्ने यकिन हुन नसकेको साथै उनी काठमाडौंमा नै व्यवसाय गरेर बस्ने गरेको प्रारम्भिक जानकारी आएको बताएको छ ।

यसअघि बिहीवार बिहान काठमाडौंको चन्द्रागिरीमा नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका ३२ वर्षीय पुरुष काठमाडौं बाहिरबाट आएको खुलेको छ स्थायी घर नेपालगञ्ज भएका ती पुरुष शसस्त्र प्रहरीमा कार्यरत छन् । साथै उनी बिदामा नेपालगञ्ज गएर फर्किएको खुलेको छ । उनी नेपालगञ्जबाट सवारी पास बनाएर तीन दिन अघि मात्र काठमाडौं आएका थिए ।

कोरोना महामारीबाट बच्न नेपालमा लकडाउन गरिएको ५२ औँ दिन पुगेको छ । लकडाउनको समयावधि लम्बिँदै जाँदा संक्रमित तिव्र गतिमा बढेका छन् । यसअघि आजै धादिङ जिल्ला सील गरिएको छ ।

काठमाडौंमा थपिएका कोरोना संक्रमित ७ वर्षीय बालक 

कोभिड–१९ को सङ्क्रमण आज तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताए ।

संक्रमितहरुमा काठमाडौं दहचोक निवासी सात वर्षीय बालक, धनुषाको जनकपुर उपमहानगरपालिका निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २४९ पुगेको छ । यसअघि आज बिहान तीन जनामा सङ्क्रमण देखिएको थियो ।

आज मात्र ६ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको अवस्था सामान्य रहेको र तीनै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । 

नेपालमा कुन उमेर समूहलाई कोरोनाको खतरा बढी देखियो ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २ सय ४९ जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै नेपालमा कुल संक्रमितमध्ये १ सय ९९ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । त्यस्तै हालसम्म ५० जना महिला संक्रमित भएका छन् ।

आज (विहिबार) बिहान पनि ६ वर्षिय बालिकामा संक्रमण पुष्टि भएको थियो। नेपालमा हालसम्म २ महिले शिशुदेखि ८४ वर्षिय वृद्धासम्मलाई संक्रमण भएको तथ्याङ्क छ । परिक्षणको दायरा बढाउँदै लैजाँदा नेपालमा कोरोना संक्रमित तिव्र रुपमा बढेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारम्बार सूचना जारी गर्दै सचेत बन्न र सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

उसले सबै उमेर समूहलाई संक्रमणको बरोबर खतरा रहेको जनाएको छ । नेपालमा गत माघ ९ गते चीनबाट फर्केका पुरुष कोरोना संक्रमण पुष्टि भएको थियो । उनी काठमाडौंमा उपचार गरी निको भएर घर फर्किसकेका छन् ।

त्यसयता थपिएका २ सय ४८ जना संक्रमितको उमेरगत विवरण दिँदै कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण २० देखि ५० वर्ष उमेर समूहका मानिसमा बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘वयस्कमा कोरोना संक्रमण देखिँदैन भन्ने भ्रममा नपर्न सबैसँग अनुरोध गरेको छ । यसअघिको पत्रकार सम्मेलनमा उनले भनेका थिए “वयस्क युवाहरूले र तन्दुरस्त छु, कोरोना संक्रमण हुँदैन भन्ने गरेको सुनियो तर त्यो सबै भ्रम मात्र हो । आज विहिबार मिडिया ब्रिफिङमा उनले दोहोर्‍याउँदै भने “संक्रमित संख्या बढीरहेको छ । परीक्षण बढाइरहेका छौँ । सबैले आफ्नो स्वास्थ्य र सावधानी अपनाउनुहोला ।”

चिकित्सकका अनुसार यो भाइरसले धूमपान र सुर्तिजन्य पदार्थको सेवन गर्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, आत्मविश्वास कमजोर भएका, कुनै जटिल प्रकृतिका रोग भएका व्यक्तिहरुमा तुलनात्मक रुपमा कोरोना भाइरसको संक्रमण बढी हुन्छ । उनले सबैलाई धूमपान, सुर्तिजन्य पदार्थको सेवन आजैबाट छोड्न र सावधानी अपनाउन अनुरोध गरेका छन् । हालसम्म नेपालका २२ जिल्लामा कोरोना फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहिबार बिहान थपिएका दुई संक्रमित र पछिल्लोपटक भरतपुरस्थित ‘कोभिड – १९’ अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा नवलपरासी देवचुली नगरपालिका – १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । राति ८ बजे अध्यावधिक जानकारी विवरण अपडेट गर्दै मन्त्रालयले थप ३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यस अघि आज बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिकाका ३२ वर्षीय पुरुष तथा कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने संक्रमित चिकित्सकको निगरानीमा रहेका छन् । आज दिउसो नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर देवकोटाले दिएको जानकारीअनुसार हालसम्म कोरोना संक्रमण पुष्टि भई अस्पतालमा उपचार गरेर निको भई घर जानेको संख्या ३५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा २२ हजार ६६४ वटा पिसीआर विधीबाट जाँच गरिएको छ भने आरडिटी विधीबाट ६२ हजार ३ सय २७ वटा जाँच गरिएको छ ।

उनका अनुसार पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको थियो । नेपालमा कोरोनाको पहिलो कोरोना संक्रमित पुष्टि हुँदा नेपाल बाहिर परिक्षण गरिएको थियो ।

गत २४ घण्टामा मात्रै पिसीआर विधीबाट १ हजार ३ सय ६३ जनामा परिक्षण गरिएको छ भने आरडिटी विधीबाट गत २४ घण्टामा २ हजार ८ परिक्षण गरिएको छ । यो परिक्षण गत चैत १९ देखि सुरु भएको थियो ।

मन्त्रालयले प्रादेशीक विवरण दिँदै प्रदेश १ मा ८ हजार ६ सय ७३ वटा परिक्षण गरीएको जनाएको छ ।

प्रदेश २ मा ५ हजर ९ सय ६४, वाग्मती प्रदेशमा ९ हजार ८ सय ६१, गण्डकी प्रदेशमा ६ हजार ७ सय १६, प्रदेश ५ मा ७ हजार ९ सय ११ कर्णाली प्रदेशमा ७ हजार ३ सय ७, सुदूरपश्चिम प्रदेशमा १५ हजार ८ सय ९५ वटा परिक्षण गरिएको छ ।

यस्तै नेपालमा क्वारेन्टाईनमा बस्नेको संख्या १५ हजार ६०० पुगेको छ ।

नेपालमा क्वारेन्टाईनका लागि बनाईएको बेड संख्या ५३ हजार ८ सय ३५ हो ।

प्रदेश १ मा ८ सय २० जना, प्रदेश २ मा १६९६ जना वाग्मती प्रदेशमा १०९ जना गण्डकी प्रदेशमा २८६ जना प्रदेश ५ मा ७ हजार ९ सय ५८ जना, कर्णालीप्रदेशमा १६ सय ४ जना, सुदूरपश्चिम प्रदेशमा ३ हजार १सय २७ जना क्वारेन्टाईनमा रहेका छन् । त्यस्तै आईसोलेसनमा बस्नेको संख्या २ सय ७२ हो । काठमाडौंमा ६ र काठमाडौंबाहिर २ सय ६६ गरी कुल २ सय ७२ जना संक्रमित तथा संभावित संक्रमित नेपालका विभिन्न अस्पतालमा चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रदेश नम्बर १ मा २१ जना, प्रदेश २ मा १ सय १ जना वाग्मती प्रदेशमा ३७ जना गण्डकी प्रदेशमा १ जना प्रदेश ५ मा ११२ जना बसेका छन् ।

यस्तै मन्त्रालयको निशुल्क सम्पर्क नम्बर ११३३ र १११५ मा गत २४ घण्टामा १४९७ वटा कल आएकोमा ति सबैको चिकित्सकले जवाफ दिएका छन् ।

त्यस्तै मन्त्रालयको मोबाईल एप्लिकेसन, र वेवपेजमा नेपालका विभिन्न स्थानबाट भरिएका विवरणको आधारमा कुल ३ सय ५९ जना ‘रेड जोनमा’ परेका छन् । गत २४ घण्टामा मात्रै ७ सय ४२ जनाले यो विवरणमा स्वमूल्याकंनको फाराम भरेकोमा ४ जना संभावित संक्रमितको सूचीमा अर्थात् रेड जोनमा परेका छन् ।

यसैबीच कोरोना संक्रमणको जोखिमलाई कम गरि आम मानिसको जीवन रक्षा गर्न पिसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं.           महादेश              कूल संक्रमित          निको भएका                कूल मृत्यु

विश्वभर                                 ४४,३०,२४२              १६,६१,५३६               २,९८,१८३

१.         युरोप                         १६,९६,३९१               ७,०५,३२१                  १,५७,३८२
२.         उत्तर अमेरिका          १५,७२,३१९               ३,८५,३२४                   ९५,७७०
३.          एसिया                    ७,२१,७९२                 ४,०७,६६६                 २३,२६९
४.        दक्षिण अमेरिका         ३,५६,४५५               १,२७,९१८                     १९,१२१
५.       अफ्रिका                    ७३,९७४                  २६,२५०                        २,५०७
६.    ओसेनिया (अस्ट्रेलिया)      ८,५९०                   ७,८०६                           ११९

दक्षिण एसियाली मुलुकहरु

१.        भारत                       ७८,१९४                     २६,४००                        २,५५१
२.       पाकिस्तान               ३५,७८८                     ९,६९५                            ७७०
३.       बंगलादेश                १७,८२२                       ३,३६१                             २६९
४.      अफगानिस्तान          ५,२२६                         ६४८                               १३२
५.       श्रीलंका                   ९१५                            ३८२                                   ९
६.      माल्दिभ्स                 ९५५                             ४०                                    ४
७.      नेपाल                      २४६                            ३५                                     –
८.      भुटान                      १५                                 ५                                      –

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

कालिमाटी तरकारी बजारमा गरियो कोरोना परीक्षण

नवलपरासीमा भेटिएका कोरोना संक्रमित अवैध बाटो हुँदै नेपाल आएका थिए 

फोटोमा हेर्नुहोस् – सुनसान देखियो टिचिङ ! 

लकडाउनको ५२ औं दिन १७ तस्वीरमा 

कोरोनाको नयाँ रुप देखिएपछि वुहानमा १.१ करोड मानिसको परिक्षण शुरु  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?