काठमाडौं । अमेरिकाले कोरोना भाइरसको खोप उपलब्ध भएपछि सेनालाई वितरणको जिम्मा दिने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०२० को अन्त्यमा खोप वितरण गर्न सक्षम हुने भन्दै उनले यसका लागि सेनालाई तयार पारेका हुन् ।
यसै सन्दर्भमा एक अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘तपाईँलाई थाहा छ, यो खोप दिने काम ठूलो हो, हाम्रो सेना यसका लागि परिचालन हुन्छ । वर्षको अन्त्यमा हामी धेरै भन्दा धेरै जनताहरुलाई तिव्र रुपमा यो वितरण गर्नेछौँ,’
कोरोना भाइरसको खोप २०२० को अन्त्यसम्ममा खोप तयार भइसक्ने राष्ट्रपति ट्रम्पको विश्वास रहेको छ । ह्वाइट हाउसले ३०० मिलियन खोप पहिलो चरणमा तयार गर्ने लक्ष्य बनाएको पनि बताइएको छ ।
साथै विश्व समुदायलाई उक्त खोप अमेरिकाले वितरण गर्ने ट्रम्पको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया