नेपालमा थप ३ जनामा कोरोना पुष्टि, २४९ पुगे कोरोना संक्रमित

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

काठमाडौं दहचोक निवासी ७ वर्षिय बालकमा कोरोना संक्रमण देखिएसँगै काठमाडौंमा फेरी अर्को नयाँ केस थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार जनकपुर धनुषा निवासी १७ वर्षिय महिलामा पनि कोरोना पुष्टि भएको छ ।

त्यस्तै धादिङका ३० वर्षिय महिलामा कोरोना पुष्टि भएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको हो ।

यसअघि आजै बिहान ३ नयाँ संक्रमित पुष्टि भएका थिए ।

यसअघि बिहीवार बिहान काठमाडौंको चन्द्रागिरीमा नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका ३२ वर्षीय पुरुष काठमाडौं बाहिरबाट आएको खुलेको छ स्थायी घर नेपालगञ्ज भएका ती पुरुष शसस्त्र प्रहरीमा कार्यरत छन् । साथै उनी बिदामा नेपालगञ्ज गएर फर्किएको खुलेको छ ।

उनी यस अघि भेटिएकी कोरोना संक्रमित २५ वर्षीय युवतीसँग एउटै गाडीमा काठमाडौं आएको पनि सशस्त्र प्रहरी स्रोतले जनाएको छ । तर उनी प्रहरी कार्यालय नपुग्दै आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।

साथै उक्त गाडीमा आएका अन्य मानिसहरुको पनि स्वास्थ्य परीक्षण गरिरहेको स्रोतले जनाएको छ ।

उनीहरु नेपालगञ्जबाट सवारी पास बनाएर तीन दिन अघि मात्र काठमाडौं आएका थिए । ।

यसअघि प्रकाशित : 

कोरोना अपडेट : विश्वमा यस्तो छ महामारीको पछिल्लो अवस्था

लकडाउनको ५२ औं दिन १७ तस्वीरमा 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?