संक्रमण पुष्टि भएपछि शिक्षण अस्पतालको न्युरो वार्ड सिल, धमाधम ‘डिस्चार्ज’ माग्न थाले बिरामी

काठमाडौं – काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल परिसर ‘सुनसान’ जस्तै भएको छ ।

नाक, कान, घाँटी रोग विभाग ईएनटी को न्युरो वार्ड सिल गरिएको छ । अति सिकीस्त बाहेक आफन्तले आफ्ना बिरामीहरु डिस्चार्ज मागिरहेका छन् । उनलाई न्युरो वार्डबाट (ईएनटी) को न्युरो वार्डमा सारीसकिएको छ ।

अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएपछि बिहानैबाट त्यस अस्पताल सिल गरिएको हो ।

केही दिनअघि कपिलवस्तुकी ६ वर्षीया बालिका अस्पताल भर्ना भएकी थिइन् । उनी टाउकोमा पलाएको ट्युमरको उपचारको लागि टिचिङ आएकी थिईन् ।

उनी नाक कान घाँटी विभागमा चेकजाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएकी बिरामी हुन् ।

उनमा कोरोना पुष्टि भएसँगै उनको आमाको पनि स्वाब परीक्षणको लागि पठाइएको छ । यससँगै संक्रमित बालिका राखिएको वार्डमा कार्यरत डाक्टर, नर्स, हेल्परको पनि स्वाब परीक्षणको लागि पठाईएको छ । अहिले त्यहाँ अरुलाई जान दिइएको छैन भने ति बालिकालाई कोरोना विशेष वार्डमा सारिसकिएको छ ।

उनलाई कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालले थप रणनीति तय गर्न आकस्मिक बैठक राखेको थियो । ७ दिनदेखि अस्पतालमा भर्ना भएकी बिरामी संक्रमण पुष्टि भएपछि थप निर्णय दिन बैठक बसेको हो ।

हालसम्म नेपालमा २ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा काठमाडौंको चन्द्रगिरीका एक ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा २ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?