काठमाडौं । दक्षिण एसियाली तथा सार्कको सदस्य राष्ट्र भुटानमा आज २ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै भुटानमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । यसअघि नै भुटानमा ५ जना निको भएका छन् भने ६ जनाको अझै उपचार भइरहेको छ ।
भुटानमा परीक्षणको दायर बढाइएको जानकारी छैन भने सार्क मुलुकको अन्य देशको तुलनामा यहाँ कुनै असर छैन । भुटानले कोरोनाको संक्रमणको फैलनुअघि नै सावधानी अपनाएको कारण संक्रमण फैलिन नपाएको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया