कोरोना विरुद्धको लडाईका लागि ८८ भारतीय नर्सको टिम युएईमा

काठमाडौं । ८८ जना भारतीय नर्सहरुको पहिलो समूह युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका छन् ।

कोरोनाको महामारीसँग लड्न सघन उपचार कक्षमा काम गर्ने गरी उनीहरुलाई एस्टर डिएम हेल्थकेएर नामको कम्पनीले युएई लगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनीहरुरु भारतीय कन्सुलेट र युएईको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयको समन्वयमा युएई गएका बताइएको छ ।

भारतमा एस्टर अस्पतालमा क्रिटिकल केएर विषयमा तालिमप्राप्त नर्सहरुलाई दुबईस्थित कोरोनाभाइरस उपचार केन्द्रमा खटाइने भएको छ ।

एस्टर डिएम हेल्थकेएरका संस्थापक अध्यक्ष डा आजाद मूपेनले नर्सहरुको परिचालनले भारत र युएईबीचको सम्बन्ध झनै प्रगाढ हुने बताए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?