काठमाडौं । कोरोना भाइरसको महामारीबाट अहिले सारा विश्व ग्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ८० हजार ४४३ जनाको मृत्यु भईसकेको छ भने ४१ लाख १ हजार ७७५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १४ लाख ४१ हजार ७९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४७ हजार ६८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको महामारीबाट पछिल्लो समय प्रभावित बनेको मेक्सिकोमा आज मात्रै १९३ जनाको मृत्यु भएको छ भने आजै १ हजार ९३८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ अहिलेसम्म ३ हजार ३५३ जनाको मृत्यु भईसकेको छ भने ३३ हजार ४६० जनालाई संक्रमण भएको छ । मेक्सिकोमा २१ हजार ८२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
शनिवार मेक्स्किोमा १ हजार ९०६ जना संक्रमित थपिएका थिए भने शनिवार नै १९९ जनाको मृत्यु भएको थियो । मेक्सिकोमा यो समाचार तयार पार्दासम्म १०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया