काठमाडौं । विश्वको सबैभन्दा बढी कोरोना संक्रमित र मृतक रहेको संयुक्त राज्य अमेरिकामा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ७९ हजार २ सय ९९ सय जनाको ज्यान गइसकेको छ । भने हालसम्म त्यहाँ १३ लाख ३४ हजार २ सय ४० जनामा कोरोना संक्रमण फैलिएको छ । त्यस्तै कोरोना संक्रमित मध्ये १६ हजार बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ८४ जनाको ज्यान गइसकेको र १२ हजार बढीमा संक्रमण फैलिसकेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म २ लाख ७८ हजार ५ सय ७१ जनाको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म ४० लाख ७० हजार ५ सय ७६ जना कोरोना भाइरसको शिकार भइसकेका छन् । तिनिहरु मध्ये हालसम्म ४७ हजार ७ सय ११ जनाको अवस्था गम्भीर रहेको छ । भने कोरोना उपचारपछि १४ लाख १५ हजार ९ सय १० जना घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया