कोरोना अपडेट: २ लाख ७८ हजार नाघे मृतक, कति छन् संक्रमित (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म २ लाख ७८ हजार ५ सय ७१ जनाको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म ४० लाख ७० हजार ५ सय ७६ जना कोरोना भाइरसको शिकार भइसकेका छन् । तिनिहरु मध्ये हालसम्म ४७ हजार ७ सय ११ जनाको अवस्था गम्भीर रहेको छ । भने कोरोना उपचारपछि १४ लाख १५ हजार ९ सय १० जना घर फर्किएका छन् ।

विश्वको सबैभन्दा बढी कोरोना संक्रमित र मृतक रहेको संयुक्त राज्य अमेरिकामा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ७९ हजार २ सय ९९ सय जनाको ज्यान गइसकेको छ । भने हालसम्म त्यहाँ १३ लाख ३४ हजार २ सय ४० जनामा कोरोना संक्रमण फैलिएको छ । त्यस्तै कोरोना संक्रमित मध्ये १६ हजार बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ८४ जनाको ज्यान गइसकेको र १२ हजार बढीमा संक्रमण फैलिसकेको छ ।

त्यस्तै स्पेनमा कोरोनाको कारण हालसम्म २६ हजार ४ सय ७८ जनाको ज्यान गइसकेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म २ लाख ६२ हजार ७ सय ८३ जनामा संक्रमण फैलिसकेको तथ्यांकले देखाएको छ । भने कोरोना संक्रमित मध्ये १ हजार ७ सय ४१ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा हालसम्म २ लाख १८ हजार २ सय ६८ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण ३० हजार ३ सय ९५ जनाको ज्यान गइसकेको छ । साथै बितेको २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण देखिएको र १ सय ९४ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

त्यस्तै बेलायतमा कोरोनाको कारण हालसम्म ३१ हजार ५ सय ८७ जनाको ज्यान गइसकेको छ । साथै २ लाख १५ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । भने संक्रमित मध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा कोरोनाको कारण हालसम्म १ हजार ८ सय २७ जनाको ज्यान गइसकेको छ । त्यस्तै १ लाख ९८ हजार ६ सय ७६ जना कोरोना संक्रमणको शिकार भएका छन् । भने बितेको २४ घण्टामा कोरोनाको कारण १ सय बढीको ज्यान गइसकेको र १० हजार बढीमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।

पm्रान्समा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन । तर त्यहाँ कोरोनाको कारण हालसम्म २६ हजार २ सय ३० जनाको ज्यान गइसकेको र १ लाख ७६ हजार बढीमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण २ हजार ८९ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म ६२ हजार ७ सय ६९ जना मानिस कोरोना संक्रमणको शिकार भइसकेको साथै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ४ जनाको ज्यान गइसकेको तथ्यांकले देखाएको छ ।

हालसम्म भारतमा कोरोनाको उपचार पछि निको भएर घर फर्किनेको संख्या १८ हजार ६ सय ७२ पुगेको छ । त्यस्तै त्यहाँ हालसम्म १५ लाख २३ हजार बढी कोरोना परीक्षणहरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?