एकैदिन थपिए ४८ हजार नयाँ कोरोना संक्रमित

काठमाडौं । गएको २४ घण्टामा कोरोना संक्रमित ४८ हजार जना थपिएका छन् । शनिबार अबेरसम्म ४८ हजार ६०९ जना नयाँ कोरोनाका बिरामी थपिएका हुन् ।

योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख ५७ हजार ९०० जना पुगेका छन् ।

यस्तै विश्वभर कोरोनाबाट २ लाख ७७ हजार ९४६ जनाको मृत्यु भएको छ भने शनिबारमात्रै १ हजार ९७० को मृत्यु भएको छ । हालसम्म १४ लाख जना निको भएर घर फर्किएको पनि रेकर्ड छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?