कोरोना अपडेट : रुसको अवस्था भयावह, १० हजार भन्दा धेरै संक्रमित एकैदिन थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभर नै व्याप्त रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ७६ हजार ९११ जनाको मृत्यु भएको छ भने ४० लाख ४१ हजार ४४१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै विश्वभर १४ लाख ३ हजार ८६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४८ हजार ८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ८२७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९८ हजार ६७६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै रुसमा कोरोना भाइरसको महामारीका कारण १० हजार ८१७ जना नयाँ संक्रमित थपिएका छन् भने आज मात्रै १०४ जनाको मृत्यु भएको छ ।

त्यहाँ शुक्रवार १० हजार ६९९ जना संक्रमित थपिएका छन् भने शुक्रवार नै ९८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?