अमेरिकामा पछिल्लो २४ घण्टामा १,६३५ को मृत्यु

काठमाडौं । जोन्स होम्पकिन्सको आँकडाका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १६३५ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोना भाइरसको महामारीबाट मृत्यु हु’नेको जम्मा संख्या ७८ हजार ६१६ पुगेको छ ।

अमेरिकामा १३ लाख २२ हजार १६४ जनालाई संक्रमण भएको छ भने १६ हजार ९७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा यो समाचार तयार पार्दासम्म २ लाख २३ हजार ७४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?