चालु शैक्षिक सत्रमा शुल्क वृद्धि नगर्न आग्रह

महाराष्ट्र । भारतको महाराष्ट्र प्रदेशका शैक्षिक संस्थाहरुलाई चालु शैक्षिक सत्रमा शैक्षिक शुल्क वृद्धि नगर्न आग्रह गरिएको छ ।

महाराष्ट्र शिक्षा विभागले शैक्षिक सत्र २०२०–२१ मा शैक्षिक शुल्क वृद्धि नगर्न शनिवार आग्रह गरेको हो ।

अविभावकहरुले यसअघि निर्धारण गरिएको शैक्षिक शुल्क तिर्न पनि गाह्रो हुने अवस्था रहेकाले थप वृद्धि गर्नु उपयुक्त देखिदैन, विभागले भनेको छ ।

उनीहरुलाई तत्काल शुल्क तिर्न बाध्य नपार्न वा दवाव नदिन पनि विभागले आग्रह गरेको समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै रहेको छ ।

लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द भएकाले विद्यार्थीले पढ्न पाएका छैनन भने अविभावकहरुको आम्दानी पनि घटेको छ ।

अहिले आम्दानी नभएकाले उनीहरुलाई शुल्क तिर्नका लागि मासिक वा चौमासिकमा तिर्न मिल्ने व्यवस्था गर्न पनि विभागले आग्रह गरेको छ ।

भारतमा पटक-पटक थप्दै लम्ब्याउदै गरिएको देशव्यापी लकडाउन अहिले यही मे १७ तारिखसम्मका लागि तय गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?