कपिलवस्तु / शम्भू माली । कपिलवस्तुमा शनिवार थपिएका तिनै जना कोरोना संक्रमित मुम्वईवाट नेपाल आएको बताईएको छ । संक्रमित तिनै जना मुम्वईको फरक फरक कम्पनीमा काम गर्दै आएका थिए । फरक ठाउमा काम गर्ने भए पनि नेपाल फर्किदासंगै आएका थिए ।
थप भएका संक्रमित मध्ये दुई जना मायादेवि गाउँपालिकाका र एक जना शुद्धोधन गाउँपालिकाका हुन । यस अघि पुष्टि भएका २ जना संगैं आएका थिए ।
थप तिनजनामा कपिलवस्तुको मायादेवि गाँउपालिका ८ विजुवाका वरई थरका हुन, वडा नं. २ अभिरावका मुसलमान थर भएका र एक जना शुद्धोधन ६ कर्माका वरई थर भएका हुन । संक्रमित ३ मध्ये दुई जना घरबाट क्वारेन्टाईनमा बस्न आएका थिए भने मुसलमान थर भएका नेपाल प्रवेश गरेपछी सिधै क्वारेनटाईनमा आएका थिए ।
उनीहरु मुम्वईबाट पैदल हिँडेर आएका थिए । वैशाख २२ मा नेपाल छिरेका थिए । उनीहरु संगै नेपाल र भारतका २५ जनाको समुहसंगै आएका थिए । समुहमा को को थिए भन्ने कुरा अझै खुलेको छैन । केही अन्य पालिकाका थिए ५ जना मायादेबि र शुधोदनका थिए । उनीहरु रातको समयमा अलिगढवाको बाटो हुँदै नेपाल भारतको सिमा क्षेत्रबाट नेपाल प्रवेश गरेका थिए ।
कपिलवस्तुका संक्रमित पाचै जना परिचित साथी समेत हुन । यता उनीहरु तिनै जनाको स्वास्थ्य स्थिती सामान्य रहेको मायादेवी गाँउ पालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया