काठमाडौं । कोरोना भाइरसको कारण विश्वभर लकडाउनमा फसेका भारतीयहरुलाई ल्याउन ‘वन्दे भारत मिसन’ र ‘मिसन समुद्र सेतु’ ले गति बढाइएको छ ।
हालसम्म १ हजार ४ सय २५ जना भारतीयलाई आठवटा उडान मार्फत स्वदेश फिर्ता ल्याइ सकिएको छ भने भारतीय नौसेनाले जलमार्गमार्फत मालदीभसको राजधानी मालेबाट ६२८ जनालाई केरलाको कोची पुर्याएको छ ।
हवाई रुटमार्फत संयुक्त अरब इमिरेट्स, बहराईन, सिंगापुर र ढाकामा फसेका भारतियहरुलाई घर फरकाइएको छ भने अन्य देशहरुबाट पनि उद्धार गर्ने क्रम जारी छ । आउँदो केही दिनहरुमा हजारौं भारतीयहरुलाई फिर्ता ल्याइने लक्ष्य लिएको भारतले जनाएको छ ।
फर्किएकाहरुको स्क्रीनिंग गरी समस्या देखिएको २ सय ४४ जना यात्रुलाई एरोसिटी द्वारका र दक्षिण दिल्लीको होटलहरूमा क्वारेन्टाइनका लागि पठाइएको छ । बाकीलाई उनीहरुको गृहराज्य उत्तर प्रदेश, पंजाब र हिमाचल प्रदेश पठाइएको छ ।
गृह मन्त्रालयले विदेशबाट आउनेहरुलाई अनिबार्य रुपमा आएका १४ दिनको क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । यद्यपि उनीहरुलाई निजी होटेल र भाडाको कोठामा पनि क्वारेन्टाइनमा अनुमति दिईएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया