कोरोनाको प्रकोप : भारतमा एकैदिन ९६ जनाको मृत्यु, संक्रमित आधा लाख नाघे

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यसबेला सारा विश्व त्रस्त बनेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ७६ हजार २१६ जनाको मृत्यु भएको छ भने ४० लाख १२ हजार ८४१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १३ लाख ८५ हजार १८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४८ हजार ६९९ जनाको स्वस्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण छिमेकी देश भारतमा यो समाचार तयार पादासम्म १ हजार ९८५ जनाको मृत्यु भएको छ भने ५९ हजार ६९५ जनालाई संक्रमण भएको छ ।

शुक्रवार मात्रै भारतमा ३ हजार ३४४ जना संक्रमित थपिएका छन् भने शुक्रवार नै भारतमा ९६जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?