कोरोनाको प्रकोप : अमेरिकामा पौने लाख भन्दा बढीको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रस्त बनेको छ ।

विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ७६ हजार २१० जनाको मृत्यु भएको छ भने ४० लाख १२ हजार ६१० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १३ लाख ८५ हजार ८५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४८ हजार ६९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोनाको महामारीबाट ग्रस्त बनेको अमेरिकामा यो समाचार तयार पार्दसम्म ७८ हजार ६१५ जनाको मृत्यु भएको छ भने १३ लाख २१ हजार ७८५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा यो समाचार तयार पार्दासम्म १६ हजार ९७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २६ हजार ५८५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४० हजार ७०५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा ८ हजार ९८६ जनाको मृत्यु भएको छ भने १ लाख ३७ हजार २१२ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा शुक्रवार मात्रै २९ हजार १६२ जना नयाँ संक्रमित थपिएका छन् भने शुक्रवार नै १ हजार ६८७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?