कोरोना अपडेट: विश्वभर ३९ लाख ७५ हजार नाघे संक्रमित, यस्तो छ पछिल्लो अवस्था (विवरणसहित)

लोकपथ संवाददाता
0
Shares
The 3d render of coronavirus model was created with consultations of certified geneticist. 3D structural models and function annotation for proteins encoded by the genome of 2019-nCoV, which is the novel coronavirus causing the COVID-19 pneumonia. (Gray color) Virus membrane (Red and purple color) Surface glycoprotein Spike protein: attaches the virion to the cell membrane by interacting with host receptor, initiating the infection. (Blue color) Packages the positive strand viral genome RNA into a helical ribonucleocapsid (RNP) and plays a fundamental role during virion assembly through its interactions with the viral genome and membrane protein (Green color). Plays an important role in enhancing the efficiency of subgenomic viral RNA transcription as well as viral replication. (White color) RNA (Green color) Component of the viral envelope that plays a central role in virus morphogenesis and assembly via its interactions with other viral proteins. (Flower shape) Plays a central role in virus morphogenesis and assembly. Acts as a viroporin and self-assembles in host membranes forming pentameric protein-lipid pores that allow ion transport.

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर यो समाचार तयार गर्दासम्म ३९ लाख ७५ हजार ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । भने २ लाख ७३ हजार ८ सय ९५ जनाको ज्यान गइसकेको छ । त्यस्तै १३ लाख ७१ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भने हालसम्म कोरोना संक्रमित मध्ये ४८ हजार ५ सय ८८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित र मृतक रहेको देश संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ७७ हजार ६ सय २९ जनाको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म १३ लाख ३ हजार ५ सय ४४ जना कोरोना संक्रमणको शिकार भएका छन् । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय बढीको ज्यान गएको र १० हजार ९ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण हालसम्म २६ हजार २ सय ९९ जनाको ज्यान गएको छ । भने त्यहाँ २ लाख ६० हजार १ सय १७ जनामा कोरोना संक्रमण फैलिएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण २ सय बढीको मृत्यु भएको र ३ हजार बढीमा संक्रमण फैलिएको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ३० हजार २ सय १ जनाको ज्यान गएको र २ लाख १७ हजार १ सय ८२ जनामा संक्रमण देखिएको छ । त्यस्तै त्यहाँ बितेको २४ घण्टामा कोरोनाको कारण २ सय ४३ जनाको ज्यान गएको र १ हजार ३ सय २७ जना नयाँ संक्रमित थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्काे बेलायतमा बितेको २४ घण्टामा कोरोनाको कारण ६ सय २६ जनाको ज्यान गइसकेको छ । हालसम्म त्यहाँ कोरोनाको कारण ३१ हजार बढीको ज्यान गइसकेको छ भने २ लाख ११ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै रसियामा बितेको २४ घण्टामा मात्र १० हजार ६ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म कोरोनाको कारण त्यहाँ १ हजार ७ सय २३ जनाको ज्यान गइसकेको छ । त्यस्तै १ लाख ८७ हजार ८ सय ५९ जनामा कोरोना संक्रमण फैलिएको छ । साथै हालसम्म २६ हजार बढी मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै फ्रान्समा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म त्यहाँ कोरोनाको कारण २५ हजार ९ सय ८७ जनाको ज्यान गइसकेको र १ लाख ७४ हजार ७ सय ९१ जनामा कोरोना संक्रमण फैलिएको छ । भने हालसम्म कोरोना उपचारपछि घर फर्किनेको संख्या ५५ हजार २७ पुगेको छ ।

ब्राजिलमा १ लाख ४० हजार २३ जनामा कोरोना भाइरस (कोभिड १९ ) संक्रमण देखिएको छ । जसमा ९ हजार ६ सय जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५५ हजार ३ सय ५० जना उपचारपछि निको भएका छन् भने ७५ हजार ७३ जना उपचाररत रहेका छन् । तिमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भिर रहेको छ । वितेको २४ घण्टामा मात्र ब्राजिलमा ४ हजारबढी संक्रमित थपिएका छन्

भारतमा कोरोना भाइरस पनि ( कोभिड १९ ) को संक्रमण वितेको केहीदिनयतामा उच्च देखिएको छ । वल्डोमिटरको अनुसार भारतमा अहिलेसम्म ५९ हजार २ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ भने १ हजार ९ सय ० जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये १७ हजार ६ सय ९ जना उपचारपछि घर फर्किएका छन् भने ३९ हजार ५ सय २७ जना उपचाररत छन् । बितेको २४ घण्टाको अवधीमामात्र भारतमा २ हजार ८ सय ५४ जनामा संक्रमण देखिएको छ भने ९१ जनाको मृत्यु भएको छ । त्यहा अहिलेसम्म १४ लाख ३७ हजार ७ सय ८८ जनामा कोरोना परिक्षण गरिएको छ ।

साउदी अरबमा ३५ हजार ४ सय बढीमा कोरोना संक्रमण, कस्तो छ अन्य खाडी मुलुकको अवस्था ?

काठमाडौं । हालसम्म साउदी अरबमा कोरोनाको कारण २२९ जना मानिसको ज्यान गइसकेको छ । भने ३५ हजार ४ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म २० हजार २ सय १ जना मानिसमा कोरोना संक्रमण देखिएको र १२ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र १ हजार ३ सय ११ जनामा थप कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अर्को खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ४७ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ ७ हजार २ सय ८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये २ हजार ४ सय ६६ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्को खाडी मुलुक युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म १७४ जना मानिसको ज्यान गइसकेको छ, भने १६ हजार ७ हजार ९३ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ७४ हजार ५७ जना मानिसको मृत्यु भइसकेको छ । भने ३९ लाख ७७ हजार ९ सय ९१ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १३ लाख ७२ हजार ४९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?