ब्राजिलमा पनि कोरोना महामारी उस्तै, १ लाख ४० हजार बढी संक्रमित

काठमाडौ । ब्राजिलमा १ लाख ४० हजार २३ जनामा कोरोना भाइरस (कोभिड १९ ) संक्रमण देखिएको छ । जसमा ९ हजार ६ सय जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५५ हजार ३ सय ५० जना उपचारपछि निको भएका छन् भने ७५ हजार ७३ जना उपचाररत रहेका छन् । तिमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भिर रहेको छ । वितेको २४ घण्टामा मात्र ब्राजिलमा ४ हजारबढी संक्रमित थपिएका छन्

यसैगरी कोरोनाको कारण विश्वभर यो समाचार तयार गर्दासम्म ३९ लाख ७५ हजार ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । भने २ लाख ७३ हजार ८ सय ९५ जनाको ज्यान गइसकेको छ । त्यस्तै १३ लाख ७१ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भने हालसम्म कोरोना संक्रमित मध्ये ४८ हजार ५ सय ८८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित र मृतक रहेको देश संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ७७ हजार ६ सय २९ जनाको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म १३ लाख ३ हजार ५ सय ४४ जना कोरोना संक्रमणको शिकार भएका छन् । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय बढीको ज्यान गएको र १० हजार ९ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै भारतमा कोरोना भाइरस पनि ( कोभिड १९ ) को संक्रमण वितेको केहीदिनयतामा उच्च देखिएको छ । वल्डोमिटरको अनुसार भारतमा अहिलेसम्म ५९ हजार २ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ भने १ हजार ९ सय ० जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये १७ हजार ६ सय ९ जना उपचारपछि घर फर्किएका छन् भने ३९ हजार ५ सय २७ जना उपचाररत छन् ।

बितेको २४ घण्टाको अवधीमामात्र भारतमा २ हजार ८ सय ५४ जनामा संक्रमण देखिएको छ भने ९१ जनाको मृत्यु भएको छ । त्यहा अहिलेसम्म १४ लाख ३७ हजार ७ सय ८८ जनामा कोरोना परिक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?