साउदी अरबमा ३५ हजार ४ सय बढीमा कोरोना संक्रमण, कस्तो छ अन्य खाडी मुलुकको अवस्था ?

काठमाडौं । हालसम्म साउदी अरबमा कोरोनाको कारण २२९ जना मानिसको ज्यान गइसकेको छ । भने ३५ हजार ४ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म २० हजार २ सय १ जना मानिसमा कोरोना संक्रमण देखिएको र १२ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र १ हजार ३ सय ११ जनामा थप कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अर्को खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ४७ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ ७ हजार २ सय ८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये २ हजार ४ सय ६६ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्को खाडी मुलुक युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म १७४ जना मानिसको ज्यान गइसकेको छ, भने १६ हजार ७ हजार ९३ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ७४ हजार ५७ जना मानिसको मृत्यु भइसकेको छ । भने ३९ लाख ७७ हजार ९ सय ९१ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १३ लाख ७२ हजार ४९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?