काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरस ( कोभिड-१९) को संक्रमण वितेको केहीदिनयतामा उच्च देखिएको छ । वल्डोमिटरको अनुसार भारतमा अहिलेसम्म ५९ हजार २ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ भने १ हजार ९ सय ८० जनाको मृत्यु भइसकेको छ ।
संक्रमितमध्ये १७ हजार ६ सय ९ जना उपचारपछि घर फर्किएका छन् भने ३९ हजार ५ सय २७ जना उपचाररत छन् । बितेको २४ घण्टाको अवधीमामात्र भारतमा २ हजार ८ सय ५४ जनामा संक्रमण देखिएको छ भने ९१ जनाको मृत्यु भएको छ । त्यहा अहिलेसम्म १४ लाख ३७ हजार ७ सय ८८ जनामा कोरोना परिक्षण गरिएको छ ।
यसैगरी कोरोनाको कारण विश्वभर यो समाचार तयार गर्दासम्म ३९ लाख ७५ हजार ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । भने २ लाख ७३ हजार ८ सय ९५ जनाको ज्यान गइसकेको छ । त्यस्तै १३ लाख ७१ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भने हालसम्म कोरोना संक्रमित मध्ये ४८ हजार ५ सय ८८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित र मृतक रहेको देश संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ७७ हजार ६ सय २९ जनाको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म १३ लाख ३ हजार ५ सय ४४ जना कोरोना संक्रमणको शिकार भएका छन् । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय बढीको ज्यान गएको र १० हजार ९ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया