बेलारूसमा अगस्टमा राष्ट्रपति चुनाव हुने

मिन्स्क । बेलारूसमा राष्ट्रपति चुनाव यस वर्षको अगस्त ९ का लागि तय भएको यहाँको संसदले शुक्रवार घोषणा गरेको छ ।

देशको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अध्यक्ष लिदिया इर्मोशीनाले पहल समूह दर्ताका लागि कागजात बुझाउने अन्तिम म्याद यही मे महिनाको १५ तारिखसम्म रहने बताए । पहल समूहमा १०० भन्दा बढी मानिस हुनुपर्छ ।

राष्ट्रपति पदका उम्मेद्वारहरूलाई पहल समूहले कम्तिमा एक लाख हस्ताक्षरसहित प्रस्ताव गर्नुपर्ने बेलारूसको संवैधानिक व्यवस्था रहेको छ । उम्मेदवारहरूको मनोनयनका लागि हस्ताक्षर अभियान यही मे २१ देखि शुरु हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?