काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन सक्रिय बन्न थालेका छन् । उनी लगातार मिडिया तथा सार्वजनिक समारोहमा पनि सहभागी भईरहेका छन् ।
देशका नागरिकहरुको नाममा सरकारी मिडियामा पत्र छपाएपछि उनले चीनका राष्ट्रपति शी जिनपिङलाई सन्देश पठाएका छन् ।
मिडिया रिपोर्टका अनुसार किम जोङले जिनपिङलाई एक सन्देश पठाएका छन् । तर यो सन्देश कसरी पठाइएको हो भन्ने बारेमा अहिलेसम्म केहि खुल्न सकेको छैन ।
उत्तर कोरियाका तानाशाह किम जोङले बिहीवार जिनपिङलाई एक सन्देश पठाउँदै कोरोना भाइरसको महामारी रौकन सफल भएकोमा बधाई दिएका छन् ।
सन्देशमा उनले जिनपिङ नेतृत्वको सरकारको खुलेर तारिफ गरेका छन् । उनले सन्देशमा, चीनले युद्ध जस्तो महामारी रोक्न सफल भएकोमा खुशी व्यक्त गरेका छन् । साथै किमले चिनियाँ राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गरेका छन् ।
विशेषज्ञहरुका अनुसार किमले उक्त सन्देशको माध्यमबाट आफ्नो मृत्यु भएको खबर फैलाउने देशहरुको मुख बन्द गरिदिएका छन् ।
भिडियोमा सार्वजनिक भएको भनिएका किम जोङ उन नक्की भएको बताउनेलाई उनले गतिलो सन्देश दिएका छन् । उनले आफसँग चीनको सम्बन्ध प्रगाढ रहेको पनि बताएका छन् ।
उत्तर कोरियाले स्वयं कोरोना मुक्त देश रहेको घोषण समेत गरेको छ । साथै चीनले पनि उत्तर कोरियाको समर्थन गरिरहेको छ ।
युनिभर्सिटी अफ नर्थ कोरियन स्टडीजका प्रोफेसर यांग मू जिंगले किम २० दिन बेपत्ता भएपछि अब सत्तामा फेरी कायम भएको जानकारी दिएका छन् । चीनलाई पठाएको उक्त सन्देशलाई उनी फर्किएको संकेतका रुपमा हेरिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया