काठमाडौं । कोरोनाको महामारीका बीच अमेरिकामा मौसमी संकट बढीरहेको छ । अमेरिकाका दक्षिणी केहि राज्यहरुमा आँधि-तुफान तथा भीषण वर्षा भईरहेको छ ।
चट्याङ्गका कारण एक युवकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । accuweather.com का अनुसार दक्षिण क्यारोलिनामा चट्याङ्गले लागेर उक्त युवकको मृत्यु भएको बताइएको छ ।
युवक चेस्टर काउन्टी कोरोनरकका अधिकारीले उक्त युवक ३२ वर्षीय सिरमोरियो डेभिस रहेको बताएका छन् । राज्यका उत्तरी भागमा मंगलवार देखि तुफान आईरहेको छ ।
#BREAKING: Chester County coroner identified the victim struck and killed by lightning as 32-year-old Sirmorio Davis. His friends provided me with this picture. @wcnc pic.twitter.com/fvD1uZpLhE
— Lexi Wilson (@LexiWCNC) May 6, 2020
त्यहाँ मध्येको सबैभन्दा खतरनाक तुफान इएफ २ रहेको बताइएको छ । उक्त तुफानले ११५ मील प्रतिघण्टाको रफ्तारमा राज्यमा ठुलो हानी गरिरहेको छ ।
मौसम वैज्ञानिकहरुले तफान युनियन काउन्टीबाट फ्लोरेन्स काउन्टीसम्म ठूला ठूला आकारका असिन ाझरेका छन् । वशेषज्ञका अनुसार अमेरिकामा सन् २०२० मा भएको यो घटना पहिलो रहेको छ ।
साथै सन् २०१९ मा भने अमेरिकामा चट्याङ्गका कारण २१ जनाको मृत्यु भएको थियो । गएको हप्तामा पनि तुफानले ओक्लाहोमा र टेक्सास समेत केहि राज्यहरुमा ७ जनाको ज्इान लिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया