काठमाडौं । अमेरिकामा कोरोना भाइरसको महामारी जारी रहेको छ । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ७६ हजार ९४२ जनाको मृत्यु भईसकेको छ भने १२ लाख ९२ हजार ८७९ जनालाई संक्रमण भएको छ ।
अमेरिकाका हरेक राज्यको स्थिति झनै बिग्रिँदै गईरहेको छ । यसैबीच अमेरिकामा राष्ट्रिय दिवसको अवसरमा ह्वाईट हाउसले शुक्रवार विहान हिन्दू पूजारी बोलाएर पवित्र वैदिक शान्ति पाठ र पूजा गराएको छ ।
यो शान्ति पाठको सल्लाह स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका अन्तर्राष्ट्रिसञ्चारमाध्यमहरुले बताएका छन् ।
कोरोना भाइरसको महामारीबाट मुक्त हुन भन्दै गरिएको उक्त पूजामा ट्रम्प आफैँ सहभागी बनेर पूजा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उक्त पूजा न्युजर्सीको बीएपीएस स्वामीनारायण मन्दिरका पूजारी हरीश व्रह्मभट्टले सम्पन्न गरेका थिए । उक्त अवसरमा उनले संस्कृतका श्लोकहरु पढेर ईश्वरसँग कोरोनाबाट मुक्ति पाउनका लागि प्रार्थना गरेका थिए ।
उक्त अवसरमा राष्ट्रपति ट्रम्प सहित अन्य नेताहरु पनि सहभागि भएका थिए । पूजारी भट्टले त्यहाँ उपस्थित सबैलाई श्लोकको ट्रान्सलेट गरेर सुनाउका थिए ।
उनले शुक्ल यजुर्वदका वैदिक मन्त्रहरुबाट प्रार्थना गरेका थिए । साथै राष्ट्रपति ट्रम्पले प्रार्थना गरेकोमा पूजारी भट्टलाई आभार प्रकट गरेका थिए ।
कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले राष्ट्रीय प्रार्थना दिवसका दिन अमेरिका महामारी कोरोनाविरुद्धको लडाईमा लागिपरेको बताउँदै इतिहासमा पनि अमेरिका हरेक प्रकारका चुनौतिपूर्ण समयमा धर्म, आस्था, प्रार्थना र ईश्वरीय शक्तिमा भरोसा राखेर र राख्ने बताएका छन् ।
साथै प्रथम महिला मोलानिया ट्रम्पले पूजा समारोहमा कोरोना भाइरसका कारण आफ्नो ज्यान गुमाउन परिवारहरुका लागि सहानुभूति प्रकट गरेकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया