पञ्जावमा वायुसेनाको फाइटर प्लेन दुर्घटना ग्रस्त

काठमाडौं । पञ्जावको नवाँशहर जिल्लाको चुहाडपुरमा शुक्रवार भारतीय वायुसेनाको एक फाइटर प्लेन दुर्घटना भएको छ ।

दुर्घटनामा परेर पाइलट गम्भीर घाईते भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पाइलट एमके पाण्डेटको अवस्था गम्भीर रहेको छ र उनको सिभिल अस्पतालमा उपचार भईरहेको छ ।

मिग-२९ दुर्घटना ग्रस्त भएपछि उक्त क्षेत्रमा सबै त्रसित बनेका छन् । टेक्निक खराबीका कारण विमान दुर्घटना भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?