काठमाडौं । भारतमा रेलले कुल्चिएर १६ जना मजदुरको मृत्यु भएको छ । भारतको महाराष्ट्र औरंगाबादबाट घर जान ३५ कि. मि पैदल हिँडेर रेल्वे ट्रयाकमा आराम गरिरहेका मजदुरलाई शुक्रबार बिहान रेलले कुल्चिएको हो ।

रेलले कुल्चिएर १६ मजदुरको मृत्यु भएको छ भने अन्य ५ घाइते भएको बताइएको छ । घाइते ५ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
मुख्यमन्त्री शिवराजसिंह चौहानले मृतक मजदुरका परिवारलाई ५–५ लाख राहत दिने घोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया