कालीमाटी दुर्घटनाका मृतकको सनाखत, कारमा थिए सेनाका लेफ्टिनेन्ट कर्णेल

काठमाडौं । नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलले चलाएको कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा काठमाडौंको रविभवनमा मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज विहान ७ बजेर २५ मिनेटमा भएको दुर्घटनामा परेर गम्भीर घाईते भएका मोटरसाइकल चालक मोरङका २३ वर्षीय टीकाराज गेलालको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो।

कार चालक कलंकी स्युचाटारका ३९ वर्षीय लेफ्टिनेन्ट कर्णेल शिखर जबरा रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार जबरा आर्मी हेडक्वाटरमा कार्यरत छन्।

बिहान ७ बजेर २५ मिनेट जाँदा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो।

कलंकीबाट कालिमाटी जाँदै गरेको कार र कालीमाटीबाट कलंकीतर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्। मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। कालिमाटीबाट मासु लिएर फर्कंदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?