कालीमाटीमा सेनाका हाकिमको गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

काठमाडौं । राजधानीको कालीमाटीमा शुक्रवार बिहान एक निजी कारले पैदलयात्रुलाई ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

बिहान ७ बजेर २५ मिनेट जाँदा नेपाली सेनाका हाकिमको गाडीले पैदल यात्रुलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाईते भएको उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान किनमेलका लागि घरबाहिर निस्केका यात्रुलाई तीब्र गतिको निजी कारले ठक्कर दिन पुगेको थियो ।

दुर्घटनामा सेनाकै उच्च तहका कर्मचारीको संलग्नता रहेको खुलेपछि प्रहरीले थप विवरण दिन आनाकानी गरिरहेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाडीका प्रमुख डीएसपी रुगम कुँवरले घटनाबारे थप विवरण आउन बाँकी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?