बेलायतमा पनि कोरोना त्रास उस्तै, २ लाख ६ हजार कटे संक्रमित

काठमाडौं । विश्वलाई नै त्रासमा राखेको कोरोना भाइरस (कोभिड-१९) को कारण बेलायतपनि आक्रान्त परेको छ । बेलायतमा यो समाचार तयार पार्दासम्म ३० हजार बढीको ज्यान गइसकेको छ । भने २ लाख ६ हजार ७ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित मध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ । भने १ लाख ७५ हजार ७ सय ५६ जना अहिलेपनि उपचारत रहेका छन् । त्यहा वितेको २४ घण्टामामात्र ५ सय ३९ जनाको मृत्यु भएको छ भने ५ हजार ६ सय १४ जना नया संक्रमित देखा परेका छन् ।

यो समाचार तयार पार्दासम्मा विश्वभर २ लाख ६८ हजार ४ सय ६७ जनाको ज्यान गइसकेको छ । त्यस्तै ३८ लाख ८१ हजार ३ सय ११ जना कोरोना संक्रमणको शिकार भएका छन् । संक्रमित मध्ये ४७ हजार ९ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ । भने १३ लाख २९ हजार २ सय २३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै रसियामा यो समाचार तयार पार्दासम्म ! हजार ६ सय २५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । भने १ लाख ७७ हजार १ सय ६० जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ . बितेको २४ घण्टामा मात्र त्यहाँ ८८ जनाले ज्यान गुमाइसकेको छन् भने १ हजार १ सय ३१ नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी स्पेनमा वितेको २४ घण्टामा २ सय १३ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । वल्डोमिटरको अनुसार स्पेनमा अहिलेसम्म कोरोनाको कारण २६ हजार ७० जनाको मृत्यु भएको छ भने २ लाख ५६ हजार ८सय ५५ जनालाई संक्रमण भएको छ । जसमा १ लाख ६३ हजार ९ सय १९ जना उपचारपछि निको भई घर फर्किएका छन् भने ६६ हजार ८ सय ६६ जना उपचाररत रहेका छन् । जसमा २ अजार ७५ जनाको अवस्था गम्भिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?