काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म स्पेनमा वितेको २४ घण्टामा २ सय १३ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् ।
वल्डोमिटरको अनुसार स्पेनमा अहिलेसम्म कोरोनाको कारण २६ हजार ७० जनाको मृत्यु भएको छ भने २ लाख ५६ हजार ८ सय ५५ जनालाई संक्रमण भएको छ । जसमा १ लाख ६३ हजार ९ सय १९ जना उपचारपछि निको भई घर फर्किएका छन् भने ६६ हजार ८ सय ६६ जना उपचाररत रहेका छन् । जसमा २ अजार ७५ जनाको अवस्था गम्भिर रहेको छ
त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३० हजार बढीको ज्यान गइसकेको छ । भने २ लाख ६ हजार १५ जनामा कोरोना संक्रमण देखिएको र संक्रमित मध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा यो समाचार तयार पार्दासम्म १ हजार ६ सय २५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । भने १ लाख ७७ हजार १ सय ६० जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ८८ जनाले ज्यान गुमाइसकेको छन् भने १ हजार १ सय ३१ नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै इटालीमा हालसम्म २ लाख १५ हजार ८ सय ५८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा १ हजार ४ सय बढीमा कोरोना संक्रमण देखिएको र २ सय बढीको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण २९ हजार ९ सय ५८ जनाको ज्यान गइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । १ हजार ३ सय ११ जनाको स्वास्थय अवस्था गम्भीर रहेको छ ने स्वास्थ्य लाभ गरि घर फर्कनेको संख्या ९६हजार २ सय ७६ रहेको छ ।
त्यस्तै, हालसम्म विश्वका सबै देशमा कोरोना फैलिएको अवस्थामा अमेरिकामा सबैभन्दा धेरै मृतक तथा संक्रमित रहेका छन् । जहाँ यो समाचार तयार पार्दासम्म ७५ हजार ५ सय ९२ जना मानिसको कोरोनाको कारण ज्यान गनइसकेको छ । हालसम्म १२ लाख ७१ हजार ९ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा कोरोनाको कारण अमेरिकामा ७ सय बढीको ज्यान गइसकेको र ८ हजार ८ सय १ संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा १५ हजार ८ सय २७ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै त्यहाँ ८० लाख ८ हजार ८ सय १८ जनामा कोरोना परीक्षण गरिएको छ ।
यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना भाइरस (कोभिड-१९) का कारण २ लाख ६८ हजार ५ सय ८ जनाको ज्यान गइसकेको छ । त्यस्तै ३८ लाख ८१ हजार ३ सय १२ जना कोरोना संक्रमणको शिकार भएका छन् । संक्रमित मध्ये ४७ हजार ९ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ । भने १३ लाख २९ हजार २ सय २३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया