इटालीमा २ लाख १५ हजार ८ सय बढीमा कोरोना संक्रमण, कति छन् गम्भीर संक्रमित ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण हालसम्म २ लाख ६८ हजार ४ सय ६७ जनाको ज्यान गइसकेको छ । त्यस्तै ३८ लाख ८१ हजार ३ सय ११ जना कोरोना संक्रमणको शिकार भएका छन् । संक्रमित मध्ये ४७ हजार ९ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ । भने १३ लाख २८ हजार ५ सय ९९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

इटालीमा हालसम्म २ लाख १५ हजार ८ सय ५८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा १ हजार ४ सय बढीमा कोरोना संक्रमण देखिएको र २ सय बढीको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण २९ हजार ९ सय ५८ जनाको ज्यान गइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । १ हजार ३ सय ११ जनाको स्वास्थय अवस्था गम्भीर रहेको छ ने स्वास्थ्य लाभ गरि घर फर्कनेको संख्या ९६हजार २ सय ७६ रहेको छ ।

त्यस्तै, हालसम्म विश्वका सबै देशमा कोरोना फैलिएको अवस्थामा अमेरिकामा सबैभन्दा धेरै मृतक तथा संक्रमित रहेका छन् । जहाँ यो समाचार तयार पार्दासम्म ७५ हजार ५ सय ९२ जना मानिसको कोरोनाको कारण ज्यान गनइसकेको छ । हालसम्म १२ लाख ७१ हजार ९ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा कोरोनाको कारण अमेरिकामा ७ सय बढीको ज्यान गइसकेको र ८ हजार ८ सय १ संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा १५ हजार ८ सय २७ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै त्यहाँ ८० लाख ८ हजार ८ सय १८ जनामा कोरोना परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?