काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण हालसम्म २ लाख ६८ हजार ४७ जनाको ज्यान गइसकेको छ । त्यस्तै ३८ लाख ७५ हजार ६ सय ५२ जना कोरोना संक्रमणको शिकार भएका छन् । संक्रमित मध्ये ४७ हजार ९ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ । भने १३ लाख २८ हजार ५ सय ९९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
हालसम्म विश्वका सबै देशमा कोरोना फैलिएको अवस्थामा अमेरिकामा सबैभन्दा धेरै मृतक तथा संक्रमित रहेका छन् । जहाँ यो समाचार तयार पार्दासम्म ७५ हजार ५ सय ९२ जना मानिसको कोरोनाको कारण ज्यान गनइसकेको छ । हालसम्म १२ लाख ७१ हजार ९ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा कोरोनाको कारण अमेरिकामा ७ सय बढीको ज्यान गइसकेको र ८ हजार ८ सय १ संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा १५ हजार ८ सय २७ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै त्यहाँ ८० लाख ८ हजार ८ सय १८ जनामा कोरोना परीक्षण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया