बितेको २४ घन्टामा बेलायतमा कोरोनाका कारण ५ सय ३९ जनाको मृत्यु

काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभीड-१९) बाट मृत्यु हुनेको संख्या ३० हजार ६ सय १५ पुगेको छ । गएको २४ घन्टाभित्र ५ सय ३९ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।

गएको २४ घन्टाभित्र थप ५ हजार ६ सय १४ जनामा कोरोनाको संक्रमण देखिएको छ । हाल बेलायतमा कोरोना संक्रमितहरुको संख्या २ लाख ६ हजार ७ सय १५ रहेको छ ।

तेस्तै २४ घन्टाभित्र ८६ हजार ५ सय ८३ जनामा कोरोनाको परिक्षण गरिएको छ । दैनिक १ लाख जनाको कोरोना परिक्षण गरिने सरकारको नीति रहेपनि विगत केहिदिन यता उक्त संख्या कम भएको छ । हालसम्म बेलायतमा १५ लाख मानिसहरुमा कोरोनाको परिक्षण गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?