मलेशियन सरकारद्वारा आप्रवासी कामदारलाई आ-आफ्नो देश फर्कन निर्देशन

काठमाडौं । मलेशियन सरकारले जनवरी १ देखि यता भिसा अवधि सकिएका आप्रवासी कामदारलाई आ-आफ्नो देश फर्कन निर्देशन दिएको छ ।

मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश ९एमओसी० पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन जारी गरेको छ ।

मलेशियास्थित नेपाली दूतावासका अनुसार यसरी स्वदेश फर्कन चाहनेहरुले कुनै पनि जरिवाना तिर्नु नपर्ने र मे १२ देखि २६ सम्म स्वदेश फर्किसक्नुपर्न जनाएको छ ।

यसरी फर्किनेहरुले मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउन पर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?