सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण किट अभाव

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण किट अभाव देखिएको छ । प्रदेशको एक मात्र कोरोना परीक्षण गर्ने सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण किट सकिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार त्यहाँ थ्रोट स्वाबको नमुना संकलन गरेपछि परीक्षणको लागि आवश्यक पर्ने आरएनए एक्सटेन्सन किट सकिएको जनाइएको छ ।

कोरोना परीक्षणको लागि उक्त किट अतिआवश्यकिय मानिन्छ । उक्त किटको अभावमा तत्काल कोरोना संक्रमित आएमा परीक्षण गर्ने अवस्था नरहेको पनि अस्पतालले जनाएको छ । तर अहिले त्यहाँ कोरोना परीक्षण किट शुन्यको अवस्थामा नरहेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले बताए ।

त्यहाँ मात्र नभएर देशैभरिका धेरै कोरोना अस्पतालहरुमा किटको अभाव देखिएको छ । काठमाडौंको वीर अस्पताल तथा चितवनको प्रयोगशालामा पनि किट अभाव भइ परीक्षणमा समेत समस्या देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?