काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले घर भाडामा बस्नेहरुले अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने नियम बनाएको छ ।
नगरपालिकाको वडा नम्बर १५ ले एक सूचना जारी गर्दै त्यस्तो नियम लागू गरेको हो । नगरपालिकाले आफ्नो क्षेत्रभित्रका घर बहालमा बसेका तथा देशका विभिन्न ठाँउबाट हालसालै उपत्यका छिरेका मानिसहरुको कोरोना परीक्षण गर्नुपर्ने बताएको हो ।
वडाले बुधवार जारी गरेको सूचनामा भनिएको छ ‘घर बहालमा बसेका र बाहिरबाट हालै उपत्यकामा आएकाहरुको टेकु अस्पतालमा अनिवार्य आरडीटी परीक्षण गराएर रिर्पोट नेगेटिभ आएपछि मात्रै घरमा प्रवेश गराउनुहोला’, सूचनामा भनिएको छ, ‘आरडीटी परीक्षणको जानकारी अनिवार्यरुपमा वडा कार्यालयमा गराउनु होला। यदि जानकारी नगराएमा घरधनीलाई कारवाही गरिनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया