कोरोनाबाट मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपूर्ति

काठमाडौं । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडाईको क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर कोरोना विरुद्धको लडाईमा सक्रिय भएको उल्लेख गरे ।

उनले लेखेका छन, “कामको सिलसिलामा उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भयो र दुर्भाग्यबस उहाँले हामीलाई छाडेर जानुभयो । उहाँको योगदानलाई म सलाम गर्दछु र आत्माको चिर शान्तिको कामना गर्दछु ।”

मुख्यमन्त्री केजरीवालले उनको योगदान र लगावको उच्च मुल्याङ्कन गर्दै उनको परिवारलाई एक करोड क्षतिपुर्ति प्रदान गर्ने कुरा पनि ट्वीटरमै लेखेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?