विप्लव नेकपाका सेती ब्यूरो इन्चार्जले गरे पार्टी परित्याग

काठमाडौं । नेकपा विप्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्जले पार्टी परित्याग गरेको घोषणा गरेका छन । लामो समयदेखि विभिन्न कठोर राजनितिक यात्रा गरिरहेका नेकपा विप्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्ज शंकर खडकाले बिहिबार जिल्लाको थलारा गाउँपालिका-१ मोराइलमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन ।

स्वास्थ्य अवस्था मा समस्या भएका कारण मैले विप्लव नेकपाको कुनैपनि पद तथा जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरेको नेकपा विप्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्ज शंकर खडकाले बताए ।

अहिले तत्काल कुनै पार्टी मा लगाव नभएको फेरी देश र जनता को सेवामा समर्पित हुने गरी राजनितिक यात्रा तय गर्ने उनको भनाइ छ । खडका २०६४ सालको निर्वाचनमा बझाङ जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?