काठमाडौं । बिहीवार नेपालमा थप कोरोना संक्रमित देखिएको छैन् । त्यस्तै हालसम्म नेपालमा पिसिआर विधि मार्फत १४ हजार ५ सय ९ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत डा. विकास देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म आरडिटी बिधि मार्फत नेपालमा ५४ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ । त्यस्तै बितेको २८ घण्टामा आरडिटी बिधि मार्फत १ हजार ४ सय ५१ जनाको कोरोना परीक्षण गरिएको छ ।
आरडिटी बिधि मार्फत गरिएको कोरोना परीक्षणमध्ये प्रदेश १ मा ६ हजार ५ सय ९९, प्रदेश २ मा ५ हजार ३ सय ४८, वाग्मती प्रदेशमा ९ हजार ४४, गण्डकी प्रदेशमा ६ हजार ३ सय ४९, प्रदेश ५ मा ५ हजार ७ सय १३, कर्णाली प्रदेशमा ६ हजार ६ सय ६८ तथा सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ वटा आरडीटी बिधि मार्फत कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै हालसम्म नेपालमा १७ हजार ३ सय ७२ जना क्वारेन्टाइन रहेका छन् । ति मध्ये प्रदेश १ मा १ हजार ९ सय १५ जना, प्रदेश २ मा १ हजार २ सय ९०, वाग्मती प्रदेशमा २ सय ६१, गण्डकी प्रदेशमा ५ सय २८, प्रदेश ५ मा ६ हजार ८ सय १२ जना, कर्णाली प्रदेशमा ३ हजार ९९ जना तथा सुदूरपश्चिम प्रदेशमा ३ हजार ४ सय ७७ जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै संक्रमित तथा संम्भावित कोरोना संक्रमित गरी १ सय ३३ जना आइसोलेशनमा रहेका छन् । जसमध्ये ३ जना उपत्यका तथा १ सय ३० जना उपत्यका बाहिर रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३ सय ३५ जना रेड जोनमा रहेका छन् । भने बितेको २४ घण्टामा २ जना संम्भावित कोरोना संक्रमित रेड जोनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाको हटस्पट मानिएको उदयपुरमा ५ सय, वीरगञ्जमा १ हजार तथा नेपालगञ्जमा थप नमुना संक्रलन गरिएको छ । भने थप नमुना संकलनको लागि इपिडोलोजी तथा रोक नियन्त्रण महाशाखाको सहकार्यमा नेपाली सेना परिचालन गरिएको छ ।
त्यस्तै नेपालमा हालसम्म ९९ सय जना कोरोना संक्रमित रहेका छन् । जसमध्ये प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४ जना तथा सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन् । भने कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमित देखिएका छैन् । उनीहरु मध्ये हालसम्म २२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
उपचारपछि निको भएर घर फर्किएका मध्ये ३ जनामा पुन कोरोना संक्रमण देखिएकाले पाटनमा १ र नारायणी अस्पतालमा २ जना उपचाररत रहेका छन् । कोरोना संक्रमित मध्ये ७१ जना पुरुष तथा २८ जना महिला रहेको मन्त्रालयले जनाएको छ । हालसम्म रुपन्देहीमा १, नेपालगञ्जमा २३, धनगढीमा १, भरतपुरमा १, वीरगञ्जमा २८ तथा विराटनगरमा २५ गरि कुल ७७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । साथै उपचाररत सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यो पनि
बितेको २४ घण्टामा कोरोनाको नयाँ संक्रमित फेला परेनन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया