ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

राजविराज । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको छ ।

ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उनको आज एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। प्रहरी हवल्दार मगरको मृत्युबारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असइ) को ड्युटीकै अवस्थामा मृत्यु भएको थियो ।

भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमवार मृत्यु भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?