अब संसदमा चस्मा र कलमको साथमा जान नपाइने

काठमाडौं । कोरोना संक्रमणकोबीच शुरुहुन लागेको बजेट अधिवेशनमा चस्मा लगाएर जान नपाइने भएको छ । संसद सचिवालयले डायरी, कलम र औषधि संसदभित्र लैजान रोक लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरानाबाट जोगिनका लागि चस्मा लगाउनुपर्ने बताएपनि शुक्रबार बेलुका ४ बजेदेखि सुरु हुने संसद अधिवेशनमा चश्मा निषेध गरिएको छ । साथै, संसदमा विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र पत्रकार तथा दर्शकदीर्घामा लागि छुट्टाछुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको छ ।

सूचीमा कलम, डायरी, झोला, चस्मा, चाबी, सिक्का, चार्जर, छाता, लठ्ठीसमेत बोक्न नपाईने संसद सचिवालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?