आरडीटी टेष्ट तत्काल रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन

-यापीड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।अधिवक्ता ज्ञानेन्द्रराज आरण, सन्तोष भण्डारीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । रिट निवेदन हिजो बुधबार दर्ता भएको हो ।

विश्वमा सबैभन्दा भरपर्दो जिनको परीक्षण गर्ने आरटी पिसिआर विधिको परीक्षणलाई तिव्रता नदिई आरडीटी टेष्ट भइरहेको भन्दै तत्काल यो परीक्षण रोक्न माग गर्दै रिट दर्ता भएको हो ।
विश्वस्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परीषद्को ऐन तथा नियमावली अनुसार मानव स्वास्थ्यसँग जोडिएको हरेक परीक्षण र अनुसन्धान ह्यूमन इथिक्समा आधारित हुनुपर्ने रिटमा भनिएको छ ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?