कोरोना महामारी : इटालीमा २ लाख १४ हजार बढी संक्रमित (अपडेटसहित)

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड १९) को महामारीको कारण अहिलेसम्म २९ हजार ६ सय ४ जनाको मृत्यु भईसकेको छ भने २ लाख १४ हजार ४ सय ५७ जनालाई संक्रमण भएको छ । साथै १ हजार ३ सय ३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको अनुसार त्यहाँ वितेको २४ घण्टामा ३ सय ६९ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म इटालीमा ९३ हजार २ सय ४५ जना उपचारपछि घर फर्किएका छन् भने ९१ हजार ५ सय २ जना उपचारत छन् ।

यसैगरी यो समाचार तयार पार्दासम्म विश्वभर ३७ लाख ८८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भने २ लाख ६१ ह्जार ९ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै १२ लाख ७६ हजार २ सय ६५ जना उपचारपछि निको भएका छन् भने ४८ हजार ८ सय ४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैगरी अमेरिकालाई कोरोना भाइरसको महामारी प्रताडीत बनाएको छ । त्यहा (अहिलेसम्म ७३ हजार २ सय ३४ जनाको मृत्यु भईसकेको छ भने १२ लाख ४६ हजार बढी जनालाई संक्रमण भएको छ ।
त्यस्तै वितेको २४ घण्टामा त्यहाँ ९ सय ६३ जनाको मृत्यु भएको छ भने ८ हजार ८ सय २९ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १६ हजार १७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा वितेको २४ घण्टामा २ सय ४४ जनाको मृत्यु भएको छ भने स्पेनमा ३ हजार १ सय २१ जना नयाँ संक्रमित थपिएका छन् । साथै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २५ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ भने २ लाख ५३ हजार ६८२ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार ७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोनाको कारण २९ हजार ४२७ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ९९० जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २५ हजार ५३१ जनाको मृत्यु भएको छ भने १ लाख ७० हजार ५ सय ५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ४३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैगरी जर्मनीमा कोरोना भाइरसको कारण अहिलेसम्म ६ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार ३७२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ वितेको २४ घण्टामा ३ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । भने १ हजार ९३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा वितेको २४ धण्टामा ८६ जनाको मृत्यु भएको छ भने १० हजार ५५९ जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यहाँ अहिलेसम्म १ हजार ५३७ जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९२९ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

टर्कीमा पनि कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५ सय ४ जनाको मृत्यु भएको छ भने १ लाख ३१ हजार ७ सय ४४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार २ सय ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ७ हजार ९ सय ६६ जनाको मृत्यु भएको छ भने १ लाख १६ हजार २ सय ९९ जनालाई संक्रमण भएको छ । बितेको २४ घण्टामामात्रै १ हजार ५ सय ४ जना नयाँ संक्रमित थपिएका छन् भने ४५ जनाको मृत्यु भएको छ । त्यहाँ ८ हजार ३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?