कोरोनाको कारण ब्राजिलमा मृत्यु हुने ७ हजार ९ सय नाघे

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ७ हजार ९ सय ६६ जनाको मृत्यु भएको छ भने १ लाख १६ हजार २ सय ९९ जनालाई संक्रमण भएको छ । बितेको २४ घण्टामामात्रै १ हजार ५ सय ४ जना नयाँ संक्रमित थपिएका छन् भने ४५ जनाको मृत्यु भएको छ । त्यहाँ ८ हजार ३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैगरी, विश्वभर यो समाचार तयार पार्दासम्म ३७ लाख ८० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भने २ लाख ६१ ह्जार ७ सय ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै १२ लाख ७४ हजार ७ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४८ हजार ८ सय ४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैगरी अमेरिकालाई कोरोना भाइरसको महामारी प्रताडीत बनाएको छ । त्यहा अहिलेसम्म ७३ हजार १ सय ४५ जनाको मृत्यु भईसकेको छ भने १२ लाख ४५ हजार बढी जनालाई संक्रमण भएको छ ।

त्यस्तै वितेको २४ घण्टामा त्यहाँ ८ सय ७४ जनाको मृत्यु भएको छ भने ८ हजार २ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १६ हजार १७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा वितेको २४ घण्टामा २ सय ४४ जनाको मृत्यु भएको छ भने स्पेनमा ३ हजार १ सय २१ जना नयाँ संक्रमित थपिएका छन् । साथै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २५ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ भने २ लाख ५३ हजार ६८२ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार ७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म २९ हजार ६ सय ८४ जनाको मृत्यु भईसकेको छ भने २ लाख १४ हजार ४५७ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ आज मात्रै ३६९ जनाको मृत्यु भएको छ भने १ हजार ४४४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हजार ३ सय ३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?