बितेको २४ घन्टामा रुसमा १० हजार ५५९ जना नयाँ संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण रुसमा आज मात्रै ८६ जनाको मृत्यु भएको छ भने १० हजार ५५९ जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यहाँ अहिलेसम्म १ हजार ५३७ जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९२९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५२० जनाको मृत्यु भएको छ भने १ लाख २९ हजार ४९१ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ३३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ६१ हजार ७ सय ३ जना मानिसको मृत्यु भइसकेको छ । भने ३७ लाख ८० हजार ५ सय २२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १२ लाख ७५ हजार ५ सय ३६ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?